जेष्ठ सदस्य मण्डलबाट १ न. प्रदेश सभा सदस्यले लिए पद तथा गोपनियताको सपथ

नवनिर्वाचित १ नं. प्रदेश सभाका सदस्यहरुले आज सोही प्रदेश सभाका जेष्ठ सदस्य गयानन्द मण्डलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मोरङ क्षेत्र नं.५(क)बाट निर्वाचित नेपाली कांग्रेसका ७९ वर्षीय मण्डलले उक्त प्रदेश प्रमुख पर्शुराम खापुङबाट सोही प्रदेश सभा सदस्यको पद तथा गोपनियताको सपथ ग्रहण गरेपछि ९३ सदस्यीय १ नं. प्रदेश सभाका बाँकी सदस्यलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो ।

प्रदेश सभाका ९३ सदस्य मधये ८७ जनाले नेपाली भाषामा पद तथा गोपनियताको सपथ ग्रहण गरेपनि कमलप्रसाद जबेगु , इन्द्रबहादुर आङ्बो , खिनुलंखा लिम्बु , खगेन्द्रसिंह हाङ्गाम र निर्मला लिम्बुले आफ्नो मातृ भाषा- लिम्बु/याक्थुम भाषामा र सुनिता गच्छदार चौधरीले आफ्नो मातृ भाषा- थारु भाषामा पद तथा गोपधियताको सपथ ग्रहण गर्नुभयो ।

सो प्रदेश सभाका जेष्ठ सदस्य मण्डलले उक्त प्रदेश सभाको सभामुख र उप-सभामुख चयन नहुदासम्म सभामुखको जिम्मेवारीमा रहेर कार्य गर्नु हुने छ ।

१ नं. प्रदेश सभामा नेकपा (एमाले)का ४०, नेपाली कांग्रेसका २९ ,नेकपा (माके)का १३, राप्रपाका ६, नेकपा (एस)का ४, जसपका १

Leave a Reply