ठक्कर शर्माको निधनले वाम आन्दोलनमा क्षति

काठमाडौं/ नेपालको कम्युनिष्ट आन्दोलनका अथक योद्धा ठक्कर शर्माको यही कार्तिक ५ गते उपचारको क्रममा भएको निधनप्रति नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल , नेकपा(एमाले) का नेता तथा चीनका लागि पूर्व राजदूत टंक कार्की सहित नेपालको कम्युनिष्ट तथा वाम आन्दोलनमा क्रियाशील विभिन्न दलका नेता तथा कार्यकर्ताहरुले शोक प्रकट गर्दे उहाँको निधनले नेपालको वाम आन्दोलनमा अपुरणीय क्षति भएको बताएका छन् ‌।

वि.सं.२०२० पुस १७ गते ललितपुरमा जन्मिएका शर्मा वि.सं.२०३६ सालको विद्याथी आन्दोलनमा सक्रिय सहभागी रहनु भएको थियो । शर्मा वि.सं.२०४३ सालमा अनेरास्ववियू एकताको पाचौंको तर्फबाट पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको सभापति बन्नु भएको थियो । वि.सं.२०४६ तथा २०६२/०६३ को ऐतिहासिक जन-आन्दोलनमा सक्रिय सहभागिता जनाउनु भएका शर्माले नेकपा(माले) ,नेकपा(एमाले), नेकपा(माले), नेकपा(एकीकृत) र एनेकपा(माओवादी) लगायतका वाम दलमा रहेर नेपालको वाम आन्दोलनमा योगदान पु-याउनु भएको थियो । शिक्षक आन्दोलनको केन्द्रीय तहमा रहेर शिक्षा क्षेत्रको सुधारमा समेत योगदान गर्नु भएका शर्माले आफू शिक्षक हुने बाहेक राज्यबाट कुनै लाभ लिएको देखिएको छैन । राष्ट्रियता, जनजीविका र अग्रगमनको पक्षमा उभिदै आउनु भएका शर्मा पछिल्लो समय कलेजोमा समस्या आएपछि उपचाररत हुनुहुन्थ्यो । गत साउनको दोस्रो साता भारतको दिल्लीस्थित नारायण हस्पिटल हरियान, गुठगाउँमा उहाँको कलेजो प्रत्यारोपण गरिएको थियो ‌‌‌‌तर कलेजोमा इन्फेक्सन भएकोले उहाँ उपचाररत हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीर आर्यघाटमा हिजो अन्त्येष्टि गरिएको थियो ।

Leave a Reply