ढाकाकुमार श्रेष्ठ रास्वपाबाट निस्कासित, कंसाकारलाई सांसद बनाउने

हालै सार्वजनिक भएको अडियो प्रकरणमा दोषी देखिएको निश्कर्षमा पुगेको रास्वपाले सांसद डा. ढाकाकुमार श्रेष्ठलाई सांसद सहित पार्टीको साधारण सदस्यबाट निस्कासन गरेको जनाएको छ । बुधबार बसेको सो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले स‍ो निर्णय गरेक‍ो बैठकपछि आयोजित पत्रकार भेटघाटमा सभापति रवि लामिछानेले बताउनुभयो । रास्वपाले रिक्त समानुपातिक सांसद पदमा विन्दबासिनी कंसाकारलाई मन‍ोनयनका लागि निर्वाचन आय‍‍ोगमा सिफारिस गर्ने र निस्कासित सांसद श्रेष्ठ माथि अख्तियार दुरुपय‍ोग अनुसन्धान आय‍ोगले शुरु गरेको छानविनमा सहय‍ोग गर्ने निर्णय गरेको सभापति लामिछानेको भनाई छ ।

यता निस्कासित सांसद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईसँग गत पुस मसान्तमा साँढे दुई कर‍ोड पैसा मागेको अडियोमा भएक‍‍ो ब‍‍ोली आफ्न‍ो नभएको बताउदै आएपनि सो अडियोसँग सम्बन्धित अर्को अडियो पनि सार्वजनिक भएको थिय‍ो ।तर रास्वपाबाट निस्कासित भएपछि श्रेष्ठले अडियोमा आएको क‍ोर टीमको नाम सार्वजनिक गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *