द्रुत गतिमा मतपत्र छपाई गर्दै निर्वाचन आयोग

निर्वाचन आयोगले आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि मतपत्र छपाई कार्य द्रुत गतिमा गरिरहेको जनाएको छ । सो आयोगले आइतबार दिउसोसम्म ४४ लाख २१ हजार मतपत्र छापिएको र छापिएखा मतपत्र जिल्लाहरु पठाउन कार्य पनि भइरहेको जनाएको छ ।

सो निर्वाचनमा भाग लिने उम्मेद्वारहरुले आउदो तिहार र छठ पछि मात्रै चुनाव प्रचार प्रसार कार्य गर्न पाउने निर्वाचन आयोग श्रोतको भनाई छ । निर्वाचन आयोगको यो निर्णयले दुर्गम जिल्लाहरुमा यातायातको असुविधा जस्ता समस्याले उम्मेद्वारहरु मतदाता समक्ष पुग्न कठिन हुने कतिपय जानकारहरु बताउछन् ।

यता निर्वाचन आयोगले शहरी विकासज्ञमन्त्री मेटमणि चौधरी लगायतलाई निर्वाचन आचार संहिता उलंघन गरेको ठहर गर्दै २४ घण्टे स्पष्टीकरण सोधेको जनाएको छ ।

रुपन्देही २ का सत्ता गठबन्धनका उम्मेद्वार राजु गुरुङको उम्मेद्वारी कायम राख्न सर्वोच्च अदालत आदेश

सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नं.२ का सत्ता गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका राजु गुरुङको उम्मेद्वारी कायम राख्न आदेश दिएको बताइएको छ । यो मुद्धाको भने सर्वोच्च अदालतबाट अन्तिम निर्णय भने भइसकेको छैन ।

यस्तैगरी नेपाली कांग्रेसका नेता विजयकुमार गच्छेदार सहित ९ जनाको उम्मेद्वारी खारेजीको माग गर्दै परेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको जनाइएको छ ‌

Leave a Reply