नयाँ सरकार गठनको कसरतमा दलहरु

प्रतिनिधि सभाको निर्वाचन परिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणतिर पुगिरहेको बेला प्रतिनिधि सभामा पहिलो र दोश्रो बनेका नेपाली कांग्रेस र नेकपा (एमाले)ले आ-आफ्नो नेतृत्वमा सरकार गठनका लागि कसरत जारी राखेका छन् तर अहिलेसम्मको राजनीतिक दलहरुका नेताहरुका गतिविधिले अबको सरकार नेपाली कांग्रैसकै नेतृत्वमा बन्ने अवस्था निर्माण हुदै गएको देखिएको छ । नेकपा (एमाले)का अध्यक्ष ले खड्गप्रसाद शर्मा ओलीले मिलेर नेपाली कांग्रेसको इतरको सरकार बनाउन प्रस्ताव गरेसँगै नेकपा (माके)ले सबै विकल्प खुल्ला गर्ने निर्णय गरेको बताइएको छ । उसले आफ्नो पक्षमा समर्थन जुटाउन कोशिस गरेपनि यतिबेला त्यसले उपलब्धी हासिल हुन सक्ने अवस्था नरहेको कतिपय जानकारहरुको भनाई छ । यतिबेला नेपाली कांग्रेस , नेकपा (माके), नेकपा (एस), जनमत पार्टीका नेताहरु बीच भेटघाट र छलफल हुने क्रम चलिरहेको देखिएको छ ।

नेपाली कांग्रेसको संहदीय दलको नेता पुन: देउवा !

अहिलेसम्म घोषित मत परिणाम अनुसार प्रतिनिधि सभामा पहिलो ठूलो दल बन्ने निश्चित भएपछि नेपाली कांग्रेस भित्र भावी प्रधानमन्त्रीको लागि सभापति शेरबहादुर देउवासँगै बरिष्ठ नेता रामचन्द्र पौडेल , महामन्त्री गगन थापाले आकाङ्क्षा राखेका छन् तर अहिलेसम्मको नेपाली कांग्रेस भित्रको अंकगणितले सो पार्टीका सभापति तथा प्रधानमन्त्री देउवा नेपाली कांग्रेसको संसदीय दलको नेता बनी उहाँकै नेतृत्वमा नयाँ सरकार बन्न सक्ने अवस्था देखिएको छ ।

Leave a Reply