निर्वाचनको मत सर्वेक्षण गरे कानुन बमोजिम कारबाही गर्ने निर्वाचन आयोगको भनाई

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत सर्वेक्षण गरेको पाइएकोले त्यसो नगर्न र यदी कसैले गरेमा उसलाई कानुन बमोजिम कारवाही गर्ने निर्वाचन आयोगले बताएको छ । निर्वाचन आयोगका उप-सचिव एवं सहायक प्रवक्ता कमल भट्टराईद्वारा जारी प्रेस विज्ञपृतिमा सो कुरा उल्लेख गर्दै उक्त निर्वाचनलाई प्रतिकूल असर पर्ने वा अवरोध गर्ने सामाग्री प्रकाशन भएमा र त्यसलाई शेयर गरेमा पनि कानुन बमोजिम कारवाही गरिने त्यस प्रेस विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने तय भएको प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फ खडा भएका का राजनीतिक दल र स्वतन्त्र उम्मेद्वारहरुको बुधबार अन्तिम नामावली प्रकाशन गरी उनीहरुलाई चुनाव चिन्ह समेत प्रदान गरेको छ ।

उक्त निर्वाचन अन्तर्गत गत आइतबार मनोनयन गरेका राजनीतिक दलका र स्वतन्त्र उम्मेद्वारहरु मध्ये ३७६ जनाले बुधबार दिउसो १:०० बजेसम्ममा आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् । यस अघि निर्वाचन आयोगले प्रतिनिधि सभाका लागि उम्मेद्वार मनोनयन गरेका नेकपा (एस)का रुपन्देही २ का उम्मेद्वार राजु गुरुङ तथा नागरिक उन्मुक्ति पार्टीका बर्दिया क्षेत्र नं.२ का उम्मेद्वार रेशमलाल चौधरी सहित ६ जनाको उम्मेद्वारी खारेज गरेको थियो ।

दीपक मनाङे गण्डकी प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित

मनाङको ‘ख’ क्षेत्रबाट स्वतन्त्र उम्मेद्वार राजिव गुरुङ उर्फ दीपक मनाङे गण्डकी प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ । देउवा नेतृत्वको सत्ता गठबन्धन र ओली नेतृत्वको प्रतिपक्षी गठबन्धनले समर्थन गरेका गण्डकी प्रदेशका खेलकुद मन्त्री गुरुङ अर्की स्वतन्त्र उम्मेद्वार दोर्जे लामा गुरुङले आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि निर्विरोध निर्वाचित हुनुभएको थियो ।

Leave a Reply