निर्वाचन आयोगद्वारा निर्वाचन शिक्षा कार्यक्रम शुरू

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिदै जादा निर्वाचन आयोगले सोमबारबाट निर्वाचन शिक्षा कार्यक्रम शुरु गरेको जनाएको छ । खसेको मत बदर नहोस् भन्ने उद्देश्यले गत स्थानीय तहको निर्वाचनमा झैं यस पटक पनि मतदाताको घर-घरमा कर्मचारी पठाउनुको साटो रेडियो , टेलिभिजन लगायतका सञ्चार माध्यमहरुबाट निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन शुरु गरेको बताइएको छ । सचेतना अभावमा विगतका निर्वाचनमा धेरै मत बदर भएको देखिएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन एकै पटक भएको र यो निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेद्वारलाई मतदाताले ४ वटा मतपत्रमा मतदान गर्नु पर्ने भएकोले मतदातालाई कुनै दुविधा नहोस् र मतदाताले सहजे मतदान गर्न सकुन् भनेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन शुरु गरेको निर्वाचन आयोगका अधिकारीहरुको भनाई छ । निर्वाचन आयोगले आरम्भ गरेको मतदाता शिक्षा कार्यक्रम कति प्रभावकारी हुने हो त्यो आउदो मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचनमा देखिएला तर २०७४ र त्यस अगाडिका निर्वाचनमा झैं मतदाताहरुको घर-घरमा पठाएर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने परिपाटी बदलेर रेडियो , टेलिभिजन लगायतका सञ्चार माध्यमहरुबाट यसरी नै गत स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम भने त्यत्ति धेरै उपलब्धीमूलक नदेखिएको कतिपय जानकारहरु बताउछन् ।

Leave a Reply