निर्वाचन आयोगले आज राष्ट्रपतिलाई निर्वाचनको मत परिणाम सहितको प्रतिवेदन बुझाउने, प्रदेशका प्रमुखहरुलाई पुस २ गते बुझाइने

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश प्रदेश सभा निर्वाचनको मत परिणाम सहितको प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ । प्रदेशका प्रमुखहरुलाई भने सो प्रतिवेदन पुस २ गते बुझाउने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले राष्ट्पति तथा प्रदेश प्रमुखलाई सो प्रतिवेदन बुझाएपछि संघ र प्रदेशमा नयाँ सरकार गठन तथा संघीय संसद र प्रदेश सभा आह्वान गर्ने प्रक्रिया अगाडि बढ्ने छ ।

विभिन्न कारणले १६ दिन लगाएर प्रतिनिधि सभा र प्रदेश सभा प्रत्यक्ष तर्फको मत परिणाम घोषणा गरेको निर्वाचन आयोगले बुधबार प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फको निर्वाचनको अन्तिम परिणाम घोषणा ग-यो , जसमा प्रतिनिधि सभामा समानुपातिक तर्फ थ्रेसहोल्ड कटाएका नेकपा (एमाले)का ३४, नेपाली कांग्रेसका ३२, नेकपा (माके)का १४, रास्वपाका १३, राप्रपाका ७ तथा जसपा, नेपाल र जनमत पार्टीका ५/५ सांसदको विजय घोषणा ग-यो । प्रदेशमा भने १३ वटा दलका विजयी उम्मेद्वारको विजय घोषणा ग-यो । यो निर्वाचनमा प्रतिनिधि सभाका ७ र प्रदेश सभाका १३ वटा बाहेकका राजनीतिक दलको जमानत जफत भ एको निर्वाचन आयोगले जनाएको छ । यस्तै यो निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभामा जम्मा उम्मेद्वार मध्ये १ तिहाई उम्मेद्वारले मात्रै जमानत जोगाएको बताइएको छ । यो निर्वाचनमा खसेको ६१ प्रतिशत मतमध्ये ९५ प्रतिशत मत मात्रै सदर भएको जनाइएको छ ।

Leave a Reply