निर्वाचन आयोगले बुझायो प्रदेश प्रमुखहरुलाई निर्वाचन मत परिणाम विवरण

निर्वाचन आयोगले आज गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम विवरण ७ वटै प्रदेशका प्रमुखलाई बुझाएको छ । जस अनुसार प्रदेश १ मा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया , मधेश प्रदेशमा निर्वाचन आयुक्त सगुन शमशेर जबरा , बागमती प्रदेश सभामा निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडी , गण्डकी प्रदेशमा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्याल , लुम्बिनी प्रदेश सभामा निर्वाचन आयुक्त रामप्रसाद भण्डारी , कर्णाली प्रदेशमा निर्वाचन आयोगका सह-सचिव यज्ञप्रसाद भट्टराई र सुदूर पश्चिम प्रदेशमा निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधर नेतृत्वो निर्वाचन आयोगको टोलीले प्रदेश प्रमुखहरुलाई सो विवरण बुझाएको निर्वाचन आयोगले जनाएको छ । उक्त विवरण ग्रहण गर्दै प्रदेश प्रमुखहरुले निर्वाचन लोकतन्त्र सुदृढ गर्ने महत्वपूर्ण औजार भएको भन्दै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न गराएकोमा निर्वाचन आयोगलाई धन्यबाद ज्ञापन गर्नुभयो ।

निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम विवरण प्रदेश प्रमुखहरुलाई बुझाएसँगै अब प्रदेशहरुमा नयाँ सरकार गठन र प्रदेश सभा अधिबेशन आह्वान गर्ने प्रक्रिया अगाडि बढ्ने छ ।

यस अघि गत बिहीबार निर्वाचन आयोगले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनको मत परिणाम विवरण राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको थियो ।

यता प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न गरेको उपलक्ष्यमा यही पुस ४ गते निर्वाचन आयोगले चियापान कार्यक्रम आयोजना गर्न लागेको बताइएको छ ।

Leave a Reply