नेकपाको केन्द्रीय समितिको बैठक २०८० भाद्र १५ र १६ गते बस्ने

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक २०८० भाद्र १५ र १६ गते काठमाडौंमा बस्ने भएको छ । गत शनिबार काठमाडौंमा बसेको सो पार्टीको सचिवालयको विस्तारित बैठकले उक्त निर्णय गरेको स‍ोही पार्टीका उपाध्यक्ष रामबहादुर भण्डारीले अलगपथलाई बताउनुभयो । उक्त बैठकले आगामी भाद्र २९ र ३० गते विभिन्न कार्यक्रम गरी नेपाल कम्युनिष्ट पार्टीको ७४औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको उपाध्यक्ष भण्डारीको भनाइ छ । त्यस बैठकले आर्थिक मन्दीक‍ो नाममा श्रमजीवी जनताको जीवनमा अशर पर्ने गरि बढिरहेको महङ्गी, कालाबजारी , भ्रष्टाचार जस्ता बेथिति ,राष्ट्रिय स्वाधिनतामाथि अशर पर्ने गरि एमसीसी (MCC) को कार्यान्वयन तथा नेपालको जलश्रोत लगायतमा भारतको प्रभुत्व बढाउने जस्ता कार्यमा सरकार अग्रसर देखिएको भन्दै त्यसको विरोध गरेको बताइएको छ ।

Leave a Reply