नेकपा (एमाले)ले आज काठमाडौको दरबारमार्गमा जागरण सभा गर्दैछ । मुलुकमा बढिरहेको अराजकता विरुद्ध सो पार्टीका उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा हुन लागेको यो जागरण सभाको नाममा नेकपा (एमाले)ले शक्ति प्रदर्शन गर्न लागेको बताइएको छ । यो सभालाई सफल पार्न, अनेरास्ववियु, जिफण्ट, राष्ट्रिय युवा संघ ,नेपाल , सम्पर्क मञ्चहरु लगायत परिचालन भएको जनाइएको छ । सभालाई नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली, महासचिव शंकर पोखरेल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसै पार्टअंका स्थायी समिति सदस्य समेत रहेका यो जागरण सभा संयोजन समितिका संयोजक राजन भट्टराई गत बुधबार कम्बोडिया गएपछि सोही पार्टीका बागमती प्रदेश कमिटी अध्यक्ष तथा जागरण सभा संयोजन समितप सह-संयोजक कैलाश ढुगेलले जागरण सभा सफल पार्न भूमिका निर्वाह गरिरहेनुभएको छ ।





