नेकपा (एमाले)ले सरकार छाड्ने र सरकारलाई दिएको समर्थन फिर्ता लिने

नेकपा (एमाले) प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने भएको छ । आज विहान सो पार्टीको कार्यालय , च्यासलमा बसेको सचिवालयको बैठकले सो निर्णय गरेको जनाइएको छ । उक्त बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको बताइएको छ ।

नेकपा (एमाले)तर्फबाट परराष्ट्र मन्त्री बनेकी विमला पौडेल राई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वीट्जरल्याण्डको जेनेभामा हुने कार्यक्रममा जान रोक लगाएपछि नेकपा (एमाले)का नेता रुष्ट बनेका थिए ।

प्रचण्ड नेतृत्वको बर्तमान सरकारमा नेकपा (एमाले)का तर्फबाट उप-प्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेल , रक्षा मन्त्री हरि उप्रेती , परराष्ट्र मन्त्री विमला पौडेल राई , भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्री राजेन्द्र राई , महिला , बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरी , कृषि तथा पशुपञ्छी विकास मन्त्री ज्वालाकुमारी साह , स्वास्थ्य मन्त्री पदम गिरी र उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी हुनुहुन्छ ।

Leave a Reply