नेकपा (एस)का तर्फबाट नवनियुक्त मन्त्रीहरुको सपथ आज

काठमाडौं/ नेकपा (एस)को सिफारिसमा आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्री परिषदमा नियुक्त भएका मन्त्रीहरुको आज बिहान ११ बजे राष्ट्रपति कार्यालय , शीतलनिवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम रहेको जनाइएको छ । आइतबार नेकपा (एस)को सिफारिसमा संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ , शहरी विकास मन्त्रीमा मेटमणि चौधरी , स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ , श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हिराचन्द्र के.सी.

लाई नियुक्त गरेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ‌।

यस अगाडि देउवा सरकारमा रहेका स्वास्थ्य मन्त्री विरोध खतिवडा , शहरी विकास मन्त्री रामकुमारी झाक्री , संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएपनि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङलाई भने स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि सिफारिस गरेको थियो ।

सो पार्टीले गत जेठमा नै सरकारमा आफ्ना मन्त्रीलाई फिर्ता बोलाएर सरकारमा नयाँ अनुहार पठाउने निर्णय गरेको थियो तर मन्त्रीहरुले फिर्ता हुन आनाकानी गरी उल्टै १० जना सांसदको हस्ताक्षर गरेर मन्त्रीबाट फिर्ता नबोलाउने उक्त पार्टीका अध्यक्ष माधबकुमार नेपाललाई ज्ञापन बुझाएका थिए ।

त्यसले सो पार्टी भित्र तरङ्ग पैदा गरेको जानकारहरु बताउछन् । उक्त पार्टीका नेताहरुले ६ महिनापछि सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर सरकारमा नयाँ अनुहार पठाउने पूर्व सहमती अनुरुप यो निर्णय गरेको बताएका थिए ‌‌। लामो छलफलपछि अन्तमा अध्यक्ष नेपाललाई ज्ञापनपत्र बुझाएका १० मध्ये ६ सांसदले आफ्नो नाम फिर्ता लिएपछि आईतबार मन्त्रीहरु फिर्ता भएका थिए । मन्त्रालयबाट बिदा हुदै गर्दा पत्रकारहरुसँग कुरा गर्दै संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफूले सो मन्त्रालयमा रहेको गरेको कार्यपृरति ९० प्रतिशत सन्तुष्ट रहेको बताउनुभएको थियो भने शहरी विकास मन्त्री रामकुमारी झाक्री भने मन्त्रालयबाट बिदा हुदै गर्दा रोएको दृश्य सामाजिक सञ्जालमा छाएको छ ।

Leave a Reply