नेकपा (एस) र जनमत पार्टीका अध्यक्ष संसदीय दलको नेता पनि

राजनीतिक दलहरुको प्रतिनिधि सभामा संसदीय दलको नेता चयन गर्ने क्रम चलिरहेको छ । यसैक्रममा नेकपा (एस)ले अध्यक्ष माधवकुमार नेपाल र जनमत पार्टीले अध्यक्ष चन्द्रकान्त राउतलाई संसदीय दलको नेतामा चयन गरेका छन् ।

सोमबार बसेको नेकपा (एस)को संसदीय दलको बैठकले संसदीय दलको नेतामा अध्यक्ष नेपालसँगै उप-नेतामा सोही पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र सचेतकमा उप-महासचिव प्रकाश ज्वालालाई चयन गरेको जनाइएको छ ।

यस्तै जनमत पार्टीको संसदीय दलको बैठकले सो दलको नेतामा अध्यक्ष राउतसँगै उप-नेतामा अब्दुल खाँ र सचेतकमा अनितादेवी साहलाई चयन गरेको जनाइएको छ ।

प्रतिनिधि सभामा नेकपा (एस)का प्रत्यक्ष तर्फबाट निर्वाचित १० जना सांसद छन् । त्यस्तै जनमत पार्टीका १ जना प्रत्यक्ष र ५ जना समानुपातिक तर्फबाट निर्वाचित गरी ६ जना सांसद छन् ।

Leave a Reply