नेकपा (क्रान्तिकारी माओवादी) पुन: छाडेकाले बनाए क्रान्तिकारी मोर्चा

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)बाट बिद्रोह गर्ने क्रम पुन: शुरु भएको छ । पछिल्लो पटक सो पार्टीबाट विष्णु खड्का , सुरेश वली , धनवीर चौरी मोहनप्रसाद पहाडी लगायतले नेकपा (क्रान्तिकारी माओवादी) दार्शनिक रुपले सारसंग्रहवाद , राजनीतिक रुपले संसदीयवाद उन्मुख र सांगठानिक रुपले निशेधात्मक अतिभूतवाद तथा विसर्जनवाद , संघर्षको दृष्टिकोणले आत्मसुरक्षावाद र आर्थिक दृष्टिले जुझारु अर्थवाद हावी भएको भन्दै गत शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी विद्रोह गरी विष्णु खड्का संयोजक , सुरेश वली र मोहनप्रसाद पहाडी सह-संयोजक रहेको क्रान्तिकारी मोर्चा नेपाल घोषणा गरे । सोही मोर्चाका संयोजक विष्णु खड्काले अध्यक्षता , सह-संयोजक सुरेश वलीले स्वागत मन्तव्य र गणेश घिमिरेले सञ्चालन गरेको त्यस कार्यक्रममा कार्यक्रमका अध्यक्ष खड्काले क्रान्तिकारी मोर्चा नेपाल निर्माण जस्ता विषयमा अवधारणा प्रस्तुत गर्नुभयो । त्यस अवसरमा उक्त अवधारणा बारे आफ्नो धारण व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख कृष्णहरि भट्टले संसदवादको अन्त र नयाँजनवादी गणतन्त्र स्थापनाका लागि क्रान्तिकारीहरु वीच एकता अपरिहार्य भएको बताउनुभयो ।

यस अघि गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन छेक पनि सेमन् राजभण्डारी सहितको एक टोली नेकपा (एस) मा र नगेन्द्र राई , ओमप्रकाश पुन लगायतको टोली नेकपा (माके)मा प्रवेश गरेका थिए ।

Leave a Reply