नेपाली काँग्रेसका नेता सिंह र विप्लव बीच भेट

काठमाडौं/ पूर्ववर्ती ओली सरकार र आफू नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बीच भएको ३ बुँदे सहमती कार्यान्वयन लगायतका समसामयिक राजनीतिक विषयमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बिगत केही समययता बिभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गरी छलफल गरिरहेका छन् । यसै क्रममा उनले आज नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहसँग भेटघाट गरेको जानकारी प्राप्त भएको छ । सिंह निवास चाक्सीबारीमा नेताद्वय बीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

पूर्ववर्ती ओली सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बीच ३ बुँदे सहमती भएको थियो । त्यो सहमतीमा ‘विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता-कार्यकर्ता माथि लगाइएको मुद्धा सरकारले फिर्ता लिने र जेलमा रहेका सो पार्टीका नेता-कार्यकर्तालाई रिहा गर्ने भन्ने बुँदा भने अझै कार्यान्वयन हुन सकेको छैन ‌‌।

यता नेपाल कम्युनिष्ट पार्टीका नेता ऋषि कट्टेल लगायतले पूर्ववर्ती ओली सरकार र नेपाल कम्युनिष्ट पार्टी बीच भएको ३ बुँदे सहमती यथाशीघ्र कार्यान्वयन हुनु पर्नेमा जोड दिइरहेका छन् ।

Leave a Reply