नेपाली कांग्रेसले मुस्ताङबाट खोल्यो प्रतिनिधि सभामा जीतको खाता

आईतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वचनमा नेपाली कांगेसले मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा जीतको खाता खोलेको छ । आज बिहान सम्पन्न मतगणनाबाट नेपाली कांग्रेसका योगेश गौचन ३,९९६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का प्रेमबहादुर तुलाचनले ३,०७८ मत प्राप्त गर्नु भएको जनाइएको छ । २०७४ सालमा नेपाली कांग्रेसका रोमी गौचनलाई पराजीत गरेका तुलाचन उनै रोमी गौचनका छोरा २९ वर्षीय योगेशसँग प्रतिनिधि सभा सदस्यमा पराजीत हुनुभयो । मुस्ताङमा ७,२३० मत खसेको थियो ।

प्रतिनिधि सभा सदस्यमा निर्वाचित गौचन पर्यटन व्यवसायी समेत हुन् । उनी ने.वि. संघबाट राजनीतिमा प्रवेश गरेखा हुन् ।

Leave a Reply