नेमकिपालाई प्रमुख प्रतिपक्ष दल तोकियोस् : सांसद प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल मजदुर किसान पार्टीलाई प्रतिनिधि सभाको प्रमुख प्रतिपक्षी दल तोकियोस्’, भन्नुभएको छ । आजको प्रतिनिधि सभाको बैठकमा सांसद सुवालले पहिलोदेखि आठौं , नवौं नम्बरसम्मका दलले गत पुस २६ गते सरकारलाई विश्वासको मत दिएकाले यो बैठक रोकेर नेपाल मजदुर किसान पार्टीलाई प्रमुख प्रतिपक्षी दल तोक्न सभामुखको भूमिकामा रहेका सांसदलाई आग्रह गर्नुभयो ।

गत पुस २६ गते प्रतिनिधि सभाको बैठकमा नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा बाहेकका सबै राजनीतिक दललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएका थिए ।

यता सरकारलाई विश्वासको मत दिएका नेपाली कांग्रेस , नेकपा (एस), लोसपा र नाउपाका सांसदहरु पनि प्रतिनिधि सभाको विपक्षी बेञ्चमा बस्तै आएका छन् । सरकारलाई विश्वासको मत दिएर प्रतिनिधि सभाको विपक्षी बेञ्चमा बसेको भन्दै यी दलहरुको यो कार्यलाई लिएर मानिसहरुले असन्तुष्टि प्रकट गरेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *