परिचय नखुलेका व्यक्तिलाई घर भाडामा नदिन गृह मन्त्रालयको अनुरोध

काठमाडौं/ गृह मन्त्रालयले परिचय नखुलेका कुनै पनि व्यक्तिलाई घर, फ्ल्याट भाडामा नदिन र त्यस्ता व्यक्तिलाई काम नलगाउन गृह मन्त्रालयले सम्बन्धित सबैमा अनुरोध गरेको छ । सो मन्त्रालयले परिचय नखुलेका त्यस्ता व्यक्ति भेटिएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न पनि नागरिकहरुलाई अनुरोध गरेको छ । विदेशीहरु लुकीछिपी नेपालमा प्रवेश गरेको पाइएकाले त्यसलाई नियन्त्रण गर्न सो कार्य गर्नु परेको गृह मन्त्रालयका भनाई छ ।

अफगान्तानमा तालिवान सत्तामा पुगेसँगै देश छाडेर भागेका १३ जना अफगानी नागरिकहरुलाई हिजो काठमाडौंको सिनामंगलबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका अफगानी नागरिकहरुलाई अध्यागमन विभागमा बुझाउने प्रहरीले जनाएको छ ।

पछिल्लो समय अफगानिस्तानबाट भागेका अफगानी नागरिकहरु र बर्माबाट भागेका रोहिंगा मुसलमान लगायतका विदेशी नागरिकहरु विभिन्न माध्यमबाट भारतको बाटो हुदै नेपाल प्रवेश गर्दै आएका छन् । भारतसँग जोडिएका नाकाहरुमा कडाई गर्नु पर्ने नागरिकहरुबाट आवाज उठिरहेको छ भने गृह मन्त्रालयले पनि भारतसँग जोडिएका नाकाहरुमा कडाई गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको बताइएको छ ।

Leave a Reply