पशुपतिको जलारीमा भ्रष्टाचारको विषय उठेपछि एमालेको अवरोधले प्रतिनिधि सभाको बैठक स्चगित

नेकपा (माके)का सांसद लेखनाथ दाहालले नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारले पशुपतिमा सुनको नभई पित्तलको जलारी राखेर भ्रष्टाचार गरेको प्रतिनिधि सभाको बैठकमा आधारहिन विषय रोष्टममा उभिएरर बोलेको भन्दै त्यसको सरकारबाट यथार्थ जवाफ नआएसम्म प्रतिनिधि सभाको बैठक चल्न नदिने भन्दै विरोध गरि आजको प्रतिनिधि सभाको बैठकमा नाराबाजी गरि वेल घेराउ गरश्र अवरोध गरेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि बैठक स्थगन गर्नुभयो ।

सो बैठकमा नाराबाजी गरेका नेकपा (एमाले)का सांसदहरुले नेकपा (माके)का सांसद लेखनाथ दाहालले पशुपतिको जलारीको विषयमा ब‍ोलेको विषयलाई लिएर माफी माग्न माग गरे ।

यता उक्त समयमा नेकपा (माके)का प्रमुख सचेतक हितराज पाण्डेले सांसदले बोल्न पाउने अधिकार भएको भन्दै सभामुखसँगको छलफलमा सचेतकहरु बीच प्रतिनिधि सभाको बैठक चल्न दिने सहमती भएको बताउनुभयो ।

विहान ११ बजे बस्ने तय भएपनि निर्धारित समय भन्दा झण्डै डेड घण्टा ढिलो गरि शुरु भएको उक्त बैठकमा नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमको विषयमा सांसदहरुले उठाएका सवालको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने र आजै त्यसलाई पारित गर्ने कार्यसूची रहेको बताइएको छ ।

नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१को नीति तथा कार्यक्रम राष्ट्रिय सभामा भने पारित भइसकेको छ

Leave a Reply