पिपुल्स फोर्सको ललितपुर जिल्ला भेला सम्पन्न

पिपुल्स फोर्सको ललितपुर जिल्ला स्तरीय गुवा कार्यकर्ता भेला सोमबार सम्पन्न भएको छ । उक्त भेलामा आफ्नो विचार व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले युवाहरुसँग देशको रुपान्तरण गर्न सक्ने तागत भएकोले उनीहरु यो देश रुपान्तरणको दिशामा अगाडि बढ्नु पर्ने आवश्यकता औंल्याउनुभयो । अध्यक्ष कट्टेलले देशको राज्यशक्तिमा बसेकाहरुले युवा जनशक्तिलाई विदेश पलायन गराउने र युवाहरुले विदेशबाट कमाएर पठाएको रेमिट्यान्समा मोजमस्ती गरी देशलाई संकटग्रस्त अवस्थामा पु-याएको बताउदै पिपुल्स फोर्सले देशमा विद्यमान महङ्गी ,भ्रष्टाचार, कालाबजारी जस्ता बेथिति , विकृति र बिसंगति विरुद्ध र राष्ट्रिय स्वाधिनता तथा शोषित पीडित श्रमजीवी वर्ग र समुदायको हित र युवाहरुको रोजगारीको लागि फरक पहिचानका साथ संघर्षको दिशामा अगाडि बढ्नु पर्ने भताउनुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टीले लिएको नीति तथा कार्यक्रमको बारे प्रकाश पार्नु हुदै ‘बर्तमान सत्ता गठबन्धनको मतियार बनेर जालझेल र षडयन्त्र गरिरहेको निर्वाचन आयोगले निष्पक्ष र धाधलीरहित निर्वाचन गर्न पनि सक्तैन र यो संसदीय निर्वाचनबाट देशको समस्याको समाधान पनि हुदैन’, भन्नुभयो । पिपुल्स फोर्सका सह-संयोजक जीवन्द्र निलगगनको अध्यक्षतामा सम्पन्न भेलामा नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष आर.बी. भण्डारीले श्रमजीवी शोषित पीडित जनताको आशा र भरोसको केन्द्र बिन्दु बन्दै पिपुल्स फोर्स अनुशासित ढंगबाट अगाडि बढ्नु पर्ने बताउनुभयो । उहाँले ‘उत्पादनसँग जोडिएर पिपुल्स फोर्सले स्वाधीन देश निर्माणको दिशामा अगाडि बढ्नु पर्छ’, भन्नुभयो । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य राजकुमार थापाले पिपुल्स फोर्स शोषित पीडित वर्ग र समुदायको भरोसा बन्नु पर्ने बताउनुभयो । भेलामा पिपुल्स फोर्स संयोजक उत्सुक कट्टेलले स्पष्ट विचार र दृष्टिकोण बोकेर अगाडि बढिरहेको पिपुल्स फोर्स राष्ट्रिय स्वाधिनताको रक्षा, मुलुकको समुन्नति , युवाहरुको रोजगारी लगायतका समस्याको निरुपण तथा समाजमा विद्यमान शोषण र उत्पीडनका साथै महङ्गी , भ्रष्टाचार , कालाबजारी जस्ता विकृति विसंगतिको विरुद्ध संघर्ष गर्दै अगाडि बढ्ने बताउनुभयो ।

सो भेलाले आयुष शाहीको संयोजकत्वमा पिपुल्स फोर्स ललितपुर जिल्ला समिति निर्माण गरेको बताइएक

Leave a Reply