पूर्ववर्ती सरकारले गरेका कार्यको स्वेतपत्र जारी गर्छौं : मुख्यमन्त्री पाण्डे

हेटौंडा / बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बागमती प्रदेश सरकारले सो प्रदेशको पूर्ववर्ती सरकारले गरेका कार्यको स्वेतपत्र जारी गर्ने बताउनु भएको छ । सोमबार बागमती प्रदेश सभामा बिश्वासको मत माग्दै उहाँले ओली सरकारले संसद बिघटन गर्ने जस्ता कार्य गरेकोले लोकतन्त्र र संविधानको रक्षाको लागि ५ दलीय गठबन्धन बनेको बताउनुभयो ।

सोमबार पाण्डे नेतृत्वको बागमती प्रदेश सरकारले बागमती प्रदेश सभाबाट बिश्वासको मत लिएको छ । १०९ सदस्यीय बागमती प्रदेश सभामा पाण्डे नेतृत्वको सरकारलाई ५९ मत प्राप्त भएको थियो । बागमती प्रदेश सभामा रहेका नेकपा (एमाले) र विवेकशील साझा पार्टीका ४३ जना प्रदेश सभा सदस्यले विपक्षमा मतदान गरेका थिए भने नेमकिपाका प्रदेश सभासदले शासक दलको सत्ताको लुछाचुँडीमा आफूहरु नलाग्ने भन्दै तटस्थ बस्नु भएट थियो । मत विभाजन हुदा सभामुख सानु श्रेष्ठ बाहेक १०४ जना प्रदेश सभा सदस्य उपस्थित थिए ।

राप्रपाका रीना गुरुङ र रीता माझी तथा नेकपा(एमाले) का बेलिमैया घले र गणेश दुलाल भने प्रदेश सभाको बैठकमा अनुपस्थित हुनुहुन्थ्यो ।

Leave a Reply