पेट्रोलियम पदार्थ सहित उपभोग्य बस्तुको मुल्य बृद्धि तत्काल नियन्त्रण गर्नुपर्छ : ऋषि कट्टेल

काठमाडौं/ नेपाल आयल निगम लि.ले गएराती देखि लागू हुने गरी पुन: बढाएको पेट्रोलियम पदार्थको मुल्य बृद्धिको चौतर्फी विरोध भइरहेको समाचार प्राप्त भएको छ । यसै सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले पटक-पटक पेट्रोलियम पदार्थ लगायतका उपभोग्य बस्तुको भारी मुल्य बृद्धि गरी श्रमजीवी नेपाली जनतालाई सास्ती थोपरेर सरकारले जनविरोधी चरित्र प्रदर्शन गरेको भन्दै त्यसको भत्सर्ना गर्नु भएको छ ‌। अध्यक्ष कट्टेलले अलगपथसँग कुरा गर्दै सरकारले नेपाली जनताको भावना विपरीत जथाभावी कर असुली गर्ने र नेपाल आयल निगम लगायतलाई भ्रष्टचारको अखडा बनाएर नेपाली जनताको टाउकोमा थामी नसक्नुको मुल्य बृद्धिको भार थोपर्ने कार्य कदापी स्वीकार गर्न नसकिने भएकोले यथाशीघ्र मुल्य बृद्धि नियन्त्रण गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले देशभक्त श्रमजीवी नेपाली जनतालाई पेट्रोलियम पदार्थ लगायतका उपभोग्य बस्तुको मुल्य बृद्धिको प्रतिबाद गर्न अनुरोध गर्नुभयो ।

नेपाल आयल निगम लि.ले गएरातीदेखि लागू हुने गरी खाना पकाउने ग्यास बाहेक अन्य पेट्रोलियम पदार्थको भारी मुल्य बृद्धि गरेको जनाएको छ । जस अनुसार पेट्रोलमा प्रति लीटर रु.२१ , डिजेल र मट्टितेलमा प्रति लीटर रु.२७, हवाई इन्धन आन्तरिकमा रु.१९ र हवाई इन्धन बाह्य तर्फ १०० डलर मुल्य बृद्धि गरेको जनाएको छ । मुल्य बढेसँगै बजारमा प्रतिपक्षीको पेट्रोलको मुल्य रु.१९९ , डिजेल र मट्टितेलको प्रति लीटर रु.१९२ र हवाई इन्धन आन्तरिकतर्फ प्रति लीटर रु.१८५ पुगेको छ ।

Leave a Reply