भोलि हुने प्रतिनिधि सभाको उपसभामुख पदमा सत्तागठबन्धनको तर्फबाट रास्वपाकी इन्दिरा राना मगर र नेपाली कांग्रेसकी मुक्ता यादव भिड्ने निश्चित भएको छ ।
सत्ता गठबन्धनको समर्थनमा प्रतिनिधि सभाको उपसभामुख पदमा रास्वपाकी सांसद इन्दिरा राना मगरको उम्मेद्वारी दर्ता भइसकेको छ । उहाँको प्रस्तावकमा सोही पार्टीकी सांसद सोविता गौतम तथा समर्थकमा नेकपा (एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठ, नेकपा (माके)का सांसद नारायण शर्मा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन हुनुहुन्छ ।
त्यसैगरी नेपाली कांग्रेसकी सांसद मुक्ता यादव उपसभामुख पदमा उम्मेद्वार दर्ता गर्ने तयारीमा रहेको बताइएको छ । आज बिहान धुम्बाराहीमा बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले उहाँलाई प्रतिनिधि सभाको उपसभामुख पदमा उम्मेद्वार बनाउने निर्णय गरेको जनाइएको छ । उहाँको पक्षमा सरकार बाहिर रहेका दलहरुको समर्थन जुटाउन नेपाली कांग्रेसका नेताहरुले पहल गरिरहेको बताइएको छ ।





