प्रतिनिधि सभाको सभामुखमा एमालेका घिमिरे र कांग्रेसकी न्यौपानेको उम्मेद्वारी दर्ता

प्रतिनिधि सभाको सभामुख पदका लागि नेकपा (एमाले)का सांसद देवराज घिमिरे र नेपाली कांग्रेसकी सांसद इश्वरी न्यौपानेको उम्मेद्वारी दर्ता भएको छ । सभामुखको निर्वाचन भोलि बिहान बस्ने प्रतिनिधि सभाको बैठकमा हुने संघीय संसद सचिवालयले जनाएको छ ।

नेकपा (एमाले)का झापा क्षेत्र नं.२ बाट निर्वाचित सांसद घिमिरेलाई सत्ता गठबन्धनका दलको समर्थन रहेको बताइएको छ । त्यसैगरी नेपाली कांग्रेसकी समानुपातिक तर्फबाट निर्वाचित सांसद न्यौपानेको पक्षमा मतदानका लागि सरकार बाहिर रहेका दलका नेताहरु लगायतसँग नेपाली कांग्रेसका नेताहरुले छलफल गरिरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *