प्रतिनिधि सभाको सभामुख चयनको प्रक्रिया शुरु भएको छ । यतिबेला सभामुख चयनका लागि प्रतिनिधि सभाको बैठकमा सांसदहरुले बोल्ने क्रम जारी छ । सो बैठकमा उप-प्रधानमन्त्री तथा उर्जा , जलश्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देन , सांसद योगेश भट्टराई , विमलेन्द्र निधि , विश्वप्रकाश शर्मा , प्रकाश ज्वाला , ज्ञानबहादुर शाही लगायतले आ-आफ्नो विचार व्यक्त गर्नुभएको छ । सरकारमा रहेका र सरकार बाहिर रहेका दलका सांसदहरुले सभामुखमा आ-आफ्ना पक्षका उम्मेद्वारलाई मत माग्नुका साथै एक अर्का बीच घोचपोच गरी सवाल जवाफ गरिरहेका छन् ।
बैठकमा बोल्दै उप-प्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले गृह मन्त्रालय विधि र पद्दति भन्दा एक इञ्च पनि बाहिर नजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सभामुख पदमा नेकपा (एमाले)का सांसद देवराज घिमिरे र नेपाली कांग्रेसकी सांसद इश्वरी न्यौपानेले उम्मेद्वारी दिनुभएको छ ।





