प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन केही बेरपछि शुरु हुदै

संघीय संसदको तल्लो सदन प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन केही बेरपछि शुरु हुदैछ । मतदानका लागि मतदान स्थलमा मतदाताहरु पुग्ने क्रम शुरु भएको छ । संविधान सभाबाट २०७२ असोज ३ गते नेपालको संविधान , २०७२ जारी भएपछि दोश्रो पटक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुन लागेको हुन्छ । यो निर्वाघनको सम्पूर्ण तयारी पूरा भएको र यसका लागि सुरक्षा व्यवस्था राम्रो रहेकोले मतदाताहरुलाई ढुक्क भ एर मतदान गर्न प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अपील गर्नु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी , प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले पनि यो निर।वाचन ढुक्क भएर मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्न अनुरोध गर्नु भएको छ ।

यो निर्वाचनलाई मध्यनजर गरी आज विहान ४ बजेदेखि मतदान समाप्त नहुञ्जेलसम्म देशैभर अत्यावश्यक र अनुमती-पत्र लिएका बाहेक सबै सवारी चलाउन प्रतिबन्ध गरिएको बताइएको छ ।

यो निर्वाचनको पर्यवेक्षणका लागि १२ विदेशी सहित ७,५०० जति पर्यवेक्षकले पर्यवेक्षण गर्ने अनुमती पाएको निर्वाचन आयोगले जनाएको छ ।

यो निर्वाचन सकिएपछि मतपेटिका संकलन शुरु गर्ने र मतपेटिका संकलन भएको ३ दिनसम्ममा प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको नतिजा सार्वजनिक गर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभएको छ । प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएपछि दुबै तहका समानुपातिकतर्फको मतगणना शुरु गर्ने र मतगणनाको सम्पूर्ण विवरण यही मंसिर २२ गतेसम्ममा राष्ट्रपति भण्डारी समक्ष पेश गर्ने उहाँको भनाई छ ।

Leave a Reply