त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका उप-कुलपति प्रा.डा.केशरजंंग बराललाई त्रिभुवन विश्वविद्यालय सभा (सिनेट)मा सो विश्वविद्यालयको नीति तथा कार्यक्रम पेश गर्न नदिएको भन्दै ७ विद्यार्थी संगठनले विरोध गरेका छन् । बिहीबार अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह , अनेरास्ववियूकी अध्यक्ष आरती लामा , अखिल (समाजवादी)का अध्यक्ष नरेन्द्र सी , नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापाई, समाजवादी विद्यार्थी युनियन,नेपालका अध्यक्ष रमेश यादव , अखिल (छैटौं)का अध्यक्ष देवेन्द्र कुँवर र अखिल नेपाल विद्यार्थी यूूनियनका अध्यक्ष मनिष भट्टराईले हस्ताक्षर गरी संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै लाखौं विद्यार्थी र देशको भविष्य जोडिएका त्रि.वि लगायतका सबै विश्वविद्यालयहरुलाई स्वतन्त्र रुपमा काम गर्न दिन, नाङ्गो राजनीतिक हस्तक्षेप बन्द गर्न र स्वार्थ समूहहरुको प्रभावमा नपर्न सरकार समक्ष माग गरेका छन् ।






