जसपाका मन्त्रीहरु पदमुक्त , कानुन मन्त्रालयको जिम्मा कार्कीलाई

आफूलाई अपमान गरेको भन्दै देउवा नेतृत्वको सत्ता गठबन्धनबाट अलग्गिएर नेकपा (एमाले)सँग गठबन्धन गरेको जनता समाजवादी पार्टी, नेपालका मन्त्रीहरुलाई आज पदमुक्त गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रीपरिषदमा जसपाका तर्फबाट रहेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ , कृषि तथा पशुपंक्षी मन्त्री मृगेन्द्रकुमार सिंह यादव , भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहमद ईस्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई आजबाट पदमुक्त गरिएको र रिक्त रहेका ती ४ वटै मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट तोकिएको सो विज्ञप्तिमा उल्लेख छ । यसैगरी सांसद नरहेका कानुन , न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला ‘बन्दी’ मन्त्री भएको ६ महिना अवधि पूरा भएकाले स्वत: पदमुक्त भएकोले राष्ट्रपति भण्डारीले रिक्त रहेको कानुन , न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्हाल्ने गरी तोक्नुभएको पनि त्यस विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply