बजेट निर्माण प्रक्रियाको छानविन गर्न गठित संसदीय समितिले १० दिनमा प्रतिवेदन बुझाउनु पर्ने

काठमाडौं/ नेपाल सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणको क्रममा गत जेठ १४ गते मध्यरातमा २ जना अनाधिकृत व्यक्ति अर्थ मन्त्रालयमा प्रवेश गरी राजश्व र करका दर हेरफेर गरेको विषयको समाचार सञ्चार माध्यमबाट सम्प्रेषण भएसँगै त्यसको चौतर्फी विरोध भएपछि उक्त विषयको छानविन लागि गठित संसदीय समितिले काम शुरु गरेको १० दिनमा प्रतिवेदन बुझाउनु पर्ने भएको छ । नेकपा (एमाले)का २ जना सदस्य रहने गरी बुधबार सभामुख अग्निप्रसाद सापकोटाले सो विषयको छानविनका लागि ११ सदस्यीय संसदीय समिति बनेको र यस समितिले काम थालेको १० दिनमा प्रतिवेदन बुझाउनु पर्ने प्रतिनिधि सभाको बैठकमा जानकारी दिनु भयो । सो विषयको समाचार सञ्चार माध्यममा सम्प्रेषण भएदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले त्यसको विरोध गर्दै अर्थ मन्त्री जनार्दन शर्मा “प्रभाकर’को राजिनामा माग गर्दै आएका थिए तर अर्थ मन्त्री शर्माले सो विषयको प्रतिबाद गर्दै आउनु भएको थियो ‌‌। नेकपा (एमाले।का सांसदहरुले गत जेठ १४ गते रातीको सीसीटीभी फुटेज संसदमा पेश गर्नु पर्ने माग गरेका थिए तर अर्थ मन्त्रालयले बजेट प्रस्तुत भएको १३ दिनमा नै सो फुटेज हटाएको विषय सार्वजनिक गरेपछि कानुनत: ३ महिनासम्म रहनु पर्ने सीसीटीभी फुटेज १३ दिनमा नै हटाएको कार्यको चौतर्फी विरोध भएको थियो , जसका कारण बुधबार अर्थ मन्त्री शर्माले पदबाट राजिनामा दिनु भएको थियो । आफू निर्दोष भएको भन्दै सो विषयको छानविनमा सहयोग गर्नको लागि आफूले राजिनामा दिएको र त्यसको सत्य तथ्य विवरण आउनु पर्ने उहाँको भनाई छ । उक्त संसदीय छानविन समितिले नि:बर्तमान अर्थ मन्त्री शर्मासँग बयान लिने र हटाएको सीसीटीभी फुटेज प्राविधिक मार्फत पुन: प्राप्तिको लागि कार्य गरिने नेकपा (एमाले)का प्रमुख सचेतक वीनाले भट्टराईको भनाई छ । यता नि: बर्तमान अर्थ मन्त्री शर्माले संसदीय समितिलाई एक पटक मात्रै नभई आवश्यक परे हजार पटक बयान दिने बताउनुभएको छ ।

उता अर्थ मन्त्री शर्माले राजिनामा दिएपछि रिक्त रहेको अर्थ मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवा आफैले सम्हाल्नु भएको छ । वजेट निर्माणको लिग भएको विषय बिगतमा पनि उठेकोले अहिले उठेको यो विषय नौलो नभएको र छानविनबाट नि:बर्तमान अर्थ मन्त्री शर्मा निर्दोष प्रमाणित भए पुन: शर्मा नै अर्थ मन्त्री बन्ने नेकपा (माके)का नेता तथा सांसद वर्षमान पुन ‘अनन्त’को भनाई छ

Leave a Reply