बटुकृष्ण नेकपा (एस)को काठमाडौं क्षेत्र नं. १० बाट प्रतिनिधि सभाको उम्मेद्वार सिफारिस

सहकारी अभियान्ता समेत रहेका बटुकृष्ण थापा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा (एस)को तर्फबाट काठमाडौं क्षेत्र नं.१० को उम्मेद्वार सिफारिस हुनुभएको जनाइएको छ । काठमाडौंको मातातीर्थमा आफ्नै भवनबाट सञ्चालन भइरहेको खुसी खुसी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष थापा नेकपा (एस)को काठमाडौं जिल्ला समिति उपाध्यक्ष हुनुहुन्छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौंमा ३ र ललितपुरमा सत्ता गठबन्धन भित्र एउटा निर्वाचन क्षेत्र पाउनु पर्ने दावी गरिरहेको नेकपा (एस)को काठमाडौको क्षेत्र नं. १० क्षेत्रीय समन्वय समितिबाट सो निर्वाचन क्षेत्रको उम्मेद्वारीको लागि सिफारिस गरिएको बताइएको छ ।

विद्यार्थी जीवनबाटै वाम राजनीतिमा प्रवेश गरेका थापा वि.सं.२०५३ सालमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा सदस्यमा पदमा अनेरास्ववियुको तर्फबाट निर्वाचित हुनुभएको थियो । सामाजिक क्षेत्र र नेकपा (एमाले)को जिल्ला तहको जिम्मेवारीमि रहेर राजनीतिमा निरन्तर क्रियाशील थापा नेकपा (एमाले) बिभाजन भई नेकपा (एस) बनेपछि सोही पार्टीमा समाहित हुनुभएको थियो

Leave a Reply