बाजुराको प्रतिनिधि सभामा सत्ता गठबन्धनका साझा उम्मेद्वार पाण्डे विजयी , दुबै प्रदेश सभामा सत्ता गठबन्धनको जीत

सत्ता गठबन्धन र नेकपा (एमाले) बीच निकै तनाव र रस्साकसी भएपनि छलफलफछि अन्तमा सहमती जुटेपछि सम्पन्न भएको मतगणनाको परिणाम अनुसार बाजुराको प्रतिनिधि सभा र दुबै प्रदेश सभामा सत्ता गठबन्धनका उम्मेद्वारले बाजी मारे । प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले)का नेता तथा भूतपूर्व उद्योग मन्त्री कर्णबहादुर थापालाई सत्ता गठबन्धनका साझा उम्मेद्वार रहेका नेपाली कांग्रेसका सह-महामन्त्री तथा संविधान हभा सदस्य बद्रीप्रसाद पाण्डे ५,४३७ मतान्तरले विजयी हुनुभयो । प्रतिनिधि सभा सदस्यमा विजयी पाण्डेले ३१,७८६ मत पाउदा उहाँका निकटतम प्रतिद्वनदी नेकपा (एमाले)का थापाले २६,३४९ मत पाउनुभयो । बाजुराबाट पाण्डेको विजयसँगै प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५७ स्थानमा जितेको छ ।

बाजुरा(क) क्षेत्रबाट सुदूर पश्चिम प्रदेश सभा सदस्यमा नेकपा (एस)का नरेशकुमार शाही नेकपा (एमाले) का बलदेव रेग्मीलाई फराकिलो मतान्तरले पछि पारी विजयी हुनुभयो । यसैगरी बाजुरा (ख) क्षेत्रबाट सुदूर पश्चिम प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका पदमबहादुर शाही नेकपा (एमाले)का लालबहादुर थापालाई फराकिलो मतान्तरले नै पछि पारी विजयी हुनुभयो ।

Leave a Reply