बुधबार १ बजेसम्म उम्मेद्वारी फिर्ता लिन बागी उम्मेद्वारहरुलाई सत्ता गठबन्धनको निर्देशन

सत्ता गठबन्धनमा आवद्ध ४ दलले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रत्यक्ष तर्फ आफ्ना आधिकारिक उम्मेद्वार विरुद्ध उम्मेद्वारी दिएका बागी उम्मेद्वारहरुलाई २०७९ असोज २६ गते दिनको १ भित्र आफ्नो उम्मेद्वारी फिर्ता लिन निर्देशन दिएको छ । आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा , नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.द्वारा हस्ताक्षर गरी जारी गरिएको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख गर्दै उक्त समयसम्म उम्मेद्वारी फिर्ता नलिएमा ती बागी उम्मेद्वारहरुलाई पार्टीबाट निष्काशन गर्ने उल्लेख छ ।

Leave a Reply