भारत र चीनले नेपालको सार्वभौमिकताको सम्मान गर्नुपर्छ : ऋषि कट्टेल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्न भारत र चीनलाई आग्रह गर्नुभएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपाललाई बेवास्ता गरि भारत र चीनले नेपाली भूमि लिपुलेकबाट व्पापार गर्न गरि हालै गरेको सहमतीको विरोध गर्नुभयो । अध्यक्ष कट्टेलले ‘भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउने गरी सरकारले काम गर्नुपर्छ र यसका लागि सरकारलाई नागरिकस्तरबाट सरकार दवाव दिनुपर्छ’, भन्नुभयो ।

नेकपाको केन्द्रीय समितिको बैठक भदौ १४ र १५ गते बस्ने

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक यही भदौ १४ र १५ गते बस्ने भएको छ । उक्त बैठक हेटौंडामा बस्ने तय भएको सोही पार्टीका उपाध्यक्ष आरबी भण्डारीले अलगपथलाई बताउनुभयो ।

लक्ष्मण विष्ट र भीम वि.क. नेकपामा

ललितपुरका पुराना कम्युनिष्ट नेता लक्ष्मण विष्ट र स्याङ्जाका पुराना कम्युनिष्ट नेता भीमबहादुर वि.क. नेपाल कम्युनिष्ट पार्टीमा हुनुभएको छ ।

यही भदौ ६ गते शुक्रबार नेता विष्टलाई नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले काठमाडौंको मैत्रीनगर- कीर्तिपुरस्थित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयमा स्वागत गर्नुभएको हो । राजनीतिसँगै लामो समय पत्रकारिता गर्नुभएका नेता विष्टले पुष्पलाल स्मृति प्रतिष्ठान स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएक‍ो थियो । उहाँले लामो समय नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनम‍ोहन अधिकारीसँग निकट रहेर नेपाली कम्युनिष्ट आन्दोलनमा योगदान गर्नुभएको थियो ।

यसैगरी हाल पोखरामा बस्तै आउनुभएका स्याङ्जाका कम्युनिष्ट नेता भीमबहादुर वि.क.लाई काठमाडौंक‍ो मैत्रीनगर- कीर्तिपुरस्थित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयमा नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष आरबी भण्डारीले यही भदौ २ गते सोमबार स्वागत गर्नुभएको हो ।
नेता वि.क. २०३३ सालमा अनेरास्ववियूमार्फत कम्युनिष्ट आन्दोलनमा लाग्नुभएको थियो । उहाँले लाम‍ो समय स्वदेश र भारत प्रवासमा रहेर तत्कालीन नेकपा (माले) मा आवद्ध भई काम गर्नुभएको थिय‍‍ो । उहाँलृे नेकपा (माले)का साथै सो पार्टी निकट विद्यार्थी संगठन र किसान संगठनमा काम गरेको तर नेकपा माले र नेकपा (मार्क्सवादी) वीच पार्टी एकता भएर बनेको नेकपा (एमाले)ले संसदीय चुनावको राजनीतिक लाइन लिएपछि आफू निष्क्रिय भएर बसेको अलगपथलाई बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *