भ्रष्टचारको मुद्धामा हदम्याद तोक्ने काम बन्द गर : पुष्पलाल विचार प्रवर्द्धन केन्द्र र मार्क्सवादी एकता अभियान

पुष्षलाल विचार प्रवर्द्धन केन्द्र र मार्क्सवादी एकता अभियानले भ्रष्टाचारका मुद्धामा हदम्याद तोक्ने कार्य बन्द गर्न माग गरेका पुष्पलाल विचार प्रवर्द्धन केन्द्रका कार्यबाहक अध्यक्ष डा.भगवानचन्द्र ज्ञवालीले बताउनुभएको छ । उनीहरुले प्रेस विज्ञप्ति जारी गर्दै महङ्गी, भ्रष्टाचार लगायतका बेथिति नियन्त्रण नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । उनीहरुले जारी गरेको प्रेस विज्ञप्ति यस प्रकार छ ।

प्रेस विज्ञप्ति
वर्तमानमा नेपालको रास्ट्रिय परिस्थिति गम्भीर बन्दै गएको छ । गणतन्त्र स्थापनाको १५ वर्ष र नयाँ संविधान कार्यान्वयनको १० वर्षभन्दा बढी भइसक्दा पनि सामाजिक समानता, आर्थिक समृद्धि, सुशासनका आधारमा समाजवादका मार्गमा देशलाई डो-याउने कुरा छेकछन्द नै छैन । समाजवाद त के सामान्यतः भ्रष्टाचार नियन्त्रण गर्ने आंशिक प्रयास पनि गरिएको छैन बरु उल्टै भ्रष्टाचारलाई संस्थागत गर्ने उद्देश्यले तत्सम्बद्ध मुद्दाहरू ५ वर्षपछि हदम्याद राख्ने उद्देश्यले विधेयक संसदमा पेस गर्ने तयारी हुँदैछ । जनतालाई विकासको अनुभूति दिनुको सट्टा असामान्य करको बोझ, महँगीको चरम बृद्धि र थोरै मात्र महसूल नतिर्दा जनताको लाइन काट्ने तर उद्योगपति र व्यापारीहरूको अरबौं महसूल नबुझाए पनि लाइन जोड्न दबाब दिने जस्ता जनघाती कार्य, न्याय माग्ने जनतालाई दमन अनि युवाहरूलाई विदेशिन विवश पार्दै नवीन भ्रष्टाचारतिर अग्रसर भएको देखिन्छ । अदालतमा भ्ष्टाचारका मुद्दा चाङ् लागेका छन् । निवर्तमान सरकारले सुरु गरेको भ्रष्टाचारका फाइल खोल्न थालेपछि अहिलेको गठबन्धन तयार भयो । भ्ष्टाचार म गदिर्नन भन्ने तर आफन्त र आसेपासेलाई खुला छुट र संरक्षण गर्ने कामको विरोध गर्ने युवाहरूलाई पुलिसको बुट र लाठीले नियन्त्रण गर्न चाहन्छ ।
अतः यस भ्रष्टाचारमा लिप्त सरकारका गैरकानुनी र जनविरोधी प्रवृत्तिका विरुद्ध आन्दोलनको शङ्खघोष गर्नु सम्पूर्ण चेतनशील नेपाली नागरिकको कर्तव्य हुन आउँछ । त्यस कर्तव्य पालनका लागि हामी निम्न संघ संस्था एकमत छौं र निम्न माँगहरूसहित विरोधमा उत्रिएका छौं । यदि हाम्रा यी माँगहरूकोे संबोधन भएन भने सशक्त आन्दोलनमा उत्रन बाध्य हुनेछौं ।
नाराहरू
१. चर्काे महँगी- नियन्त्रण गर ।
२. भ्रष्टाचारका मुद्दामा हादम्याद तोक्ने काम – बन्द गर ।
३. अख्तियारका काममा हस्तक्षेप बन्द गरी सर्वशक्तिमान र स्वतन्त्र अख्तियार प्रमुख – नियुक्त गर ।
४. पुलिस दमन – बन्द गर ।
५. अख्तियारलाई सरकारी निर्णयका आधारमा भ्रष्टाचारका मुद्दा हेर्न – रोक लगाउन पाइँदैन ।
सहभागीहरू
पुष्पलाल विचार प्रवर्द्धन केन्द्र
मार्क्सवादी एकता अभियान

Leave a Reply

Your email address will not be published. Required fields are marked *