भ्रष्ट र जनविरोधी सत्ता विरुद्ध नेकपा र पिपुल्स फोर्स नेपालको विरोध कार्यक्रम सम्पन्न

भ्रष्ट र जनविरोधी सत्ता विरुद्ध सडक संघर्ष गरिरहेको नेपाल कम्युनिष्ट पार्टी र पिपुल्स फोर्स नेपालको संयुक्त आयोजनामा आज ललितपुरको महालक्ष्मीस्थानमा विरोध सभा सम्पन्न भयो । पिपुल्स फोर्स नेपालका सचिवालय सदस्य उत्सुक कट्टेेेलले सञ्चालन गर्नु्भएको सो विरोध सभाको अध्यक्षता गर्दै नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा बागमती प्रदेश संघर्ष समितिका इञ्चार्ज

भूषण उपाध्यायले भ्रष्ट र जनविरोधी सत्ताका कारण राष्ट्रघात भएको, धनी र गरिवीको खाडल बडेको, महङ्गी , भ्रष्टाचार जस्ता बेथितिले श्रमजीवी मजदुर किसान लगायतको जीवनको जीवन कष्टकर बनेको , नेताहरुले भ्रष्टाचार गरेर विदेशका बैंकमा पैशा लगेर थुपारेको जस्ता कारणले नेपाल कम्युनिष्ट पार्टी यो सत्ता विरुद्ध संघर्ष गर्नु परेको बताउनुभयो । सो अवसरमा अखिल नेपाल किसान युनपयनका संय‍ोजक समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा बागमती प्रदेश समितिका अध्यक्ष बोधराज कार्कीले २०६२/०६३ को जन-आन्दोलनकै कारणबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रबाट उत्पीडित वर्ग र समुदायको पक्षमा नभई जालीझेली र लुटेराहरुको हित हुने काम भएकोले राष्ट्रिय स्वाधिनता र अग्रगमनको निम्ति संघर्षरत नेपाल कम्युनिष्ट पार्टी नयाँजनवनदी गणतन्त्र स्थापनाको बाटोमा अगाडि बढेको बताउनुभयो । उहाँले नेपाली जनतालाई नवदास बनाउने उद्देश्यले गरिएको एमसीसी (MCC) सहित सबै असमान सन्धि सम्झौता खारेज हुनु पर्नेमा जोड दिनुभयो । त्यसैगरी पिपुल््स फोर्स नेपालका संयोजक विश्वजीतले समाजमा उत्पीडित वर्ग र समुदायको रक्षाको निम्ति पिपुल्स फोर्स नेपालको स्थापना भएको बताउनुभयो । यस् पिपुल्स फोर्स नेपालका सचिवालय सदस्य निल गगनले य‍ो भ्रष्ट र जनविरोधी दलाल सत्ताकै कारण रोजगार अभावमा ठूलो संख्यामा श्रमजीवी नेपालीहरु विदेशिएको बताउनुभयो । त्यस्तैगरी पिपुल्स फोर्स नेपालका प्रेम तमाङले यो सत्ताले मजदुरहरुको हित हुने कुनै पनि काम नगरेकोले मजदुरहरुको पीडादायक बनिरहेको बताउदै आफ्नो हक अधिकारको निम्ति सबै श्रमिकहरुलाई एकजुट हुन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *