मधेश प्रदेश सभाका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त

मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले मधेश प्रदेश सभाबाट विश्वासको मत लिनु भएको छ । जनता समाजवादी पार्टी , नेपालको तर्फबाट मधेश प्रदेशको मुख्यमन्त्री बनेका यादवलाई मधेश प्रदेश सभामा उपस्थित रहेका १०२ जना प्रदेश सभा सदस्यले विश्वासको मत मत दिएको जनाइएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री जम्मरकट्टेलले प्राप्त गर्नु भयो विश्वासको मत

नेकपा (माके)का तर्फबाट बागमती प्रदेशका मुख्यमन्त्री बनेका शालिकराम जम्मरकट्टेलले मंगलबार बागमती प्रदेश सभाबाट विश्वासको मत लिनुभएको छ । उहाँलाई १०५ जना प्रदेश सभा सदस्यले विश्वासको मत दिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *