मनाङको प्रदेश सभा (क) मा नेपाली कांग्रेसका मुनिन्द्रजङ्ग गुरुङ विजयी

आईतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत मनाङको गण्डकी प्रदेश सभा (क) मा नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ १,२५५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकतम प्रतिद्वन्दी नेकपा (एमाले)का राजन गुरुङले ९२५ मत प्राप्त गर्नु भएको छ । सो क्षेत्रमा २,२१० मत खसेकोमा ६ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मनाङको गण्डकी प्रदेश सभा (ख)मा भने यस अगाडि नै स्वतन्त्र उम्मेद्वार तथा नि:बर्तमान गण्डकी प्रदेश सभा सदस्य तथा बर्तमान गडकी प्रदेश सरकारका युवा तथा खेलकूद मन्त्री राजीव गुरुङ निर्विरोध निर्वाचित हुनुभएको थियो ।

मनाङको प्रतिनिधि सभा सदस्यको भने मतगणना जारी रहेको बताइएको छ । सो क्षेत्रमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ र नेकपा (एमाले)का पोल्देन छोपपाङ बीच मुख्य चुनावी प्रतिस्पर्धा हुने बताइन्छ ।

Leave a Reply