मन्त्री गजेन्द्रबहादुर हमालको बारेमा भ्रामक समाचार सम्प्रेषण भयो : प्रवक्ता कार्की

काठमाडौं/ सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नवनियुक्त उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालको बारेमा सञ्चार माध्यमले भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै आफत्ति जनाएका छन् । गजेन्द्रबहादुर हमाल प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको सिफारिसमा मन्त्री बनेको भन्ने केही सञ्चार माध्यमले सम्प्रेषण गरेको समाचारको खण्डन गर्दै प्रवक्ता कार्कीले गजेन्द्रबहादुर हमालले नेपालको लोकतान्त्रिक आन्दोलन र नेपाली काँग्रेसमा महत्वपूर्ण योगदान पु-याऊनु भएको छ । उहाँलाई प्रधानमन्त्रीले नेपाली काँग्रेसको तर्फबाट मन्त्री बनाउनु भएको हो, उहाँसँग जोडेर सम्माननीय प्रधानन्यायधीश ज्यूलाई जोडेर आएका समाचार निराधार छ, त्यसमा कुनै् सत्यता छैन र आइन्दा त्यसो नगर्न आग्रह गर्नु भएको छ । आउने मन्त्रीपरिषदका निर्णय सूचना तथा सञ्चार मन्त्रालयबाट व्यवस्थित रुपमा सार्वजनिक गरिने उहाँको भनाई छ ‌

Leave a Reply