मन्त्री सिंहको निधनको श‍‍ोकमा सुदूरपश्चिम प्रदेशमा आज बिदा

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधनको शोकमा आज सुदूूूरपश्चिम प्रदेश सरकारले उक्त प्रदेशभरी सार्वजनिक बिदा दिएको छ । सो सरकारले मन्त्री सिंहको निधनमा आधा झण्डा झुकाउने निर्णय गरेको सोही प्रदशका आर्थिक मामिला तथा य‍ोजना मन्त्री नरेश शाहीको भनाइ छ ।

हिजो बझाङमा भएको सवारी दुर्घटनामा घाइते भएका मन्त्री सिंह तथा उहाँकी पत्नी अमृता र भाउजू जयादेवीको उपचारको क्रममा निधन भएको थियो ।

Leave a Reply