नेपाल सरकारले माओवादी जनयुद्ध दिवसको अवसरमा भोलि नेपाल सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयद्वारा आज जारी भएको सूचनामा उल्लेख छ ।
नेकपा (माओवादी)ले २०५२ साल फाल्गुण १ गते तत्कालीन राज्यसत्ता विरुद्ध ससस्त्र युद्ध शुरु गरेको दिनको सम्झनामा नेकपा (माके), नेकपा (क्रामा), विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका मार्क्सवाद , लेनिनवाद र माओवादलाई मार्गदर्शक सिद्धान्त मान्ने कम्युनिष्ट पार्टीहरुलेहरुले फाल्गुण १ गतेलाई जनयुद्ध दिवसको रुपमा स्मरण गरी सो दिन विभिन्न कार्यक्रम गर्दै आएका छन् ।
२०५२ साल फाल्गुण १ गतेबाट नेकपा (माओवादी) ले शुरु गरेको ससस्त्र युद्ध १० वर्षसम्म चलेको थियो । २०६२/०६३ मा ऐतिहासिक जन-आन्दोलन सम्पन्न भएपछि २०६३ मंसिर ५ गते तत्कालीन सरकार र विद्रोही नेकपा (माओवादी)बीच बिस्तृत शान्ति सम्झौता भएपनि अझै शान्ति प्रक्रियाका काम पूरा भएका छैनन् तर शान्ति सम्झौतासँगै शान्तिपूर्ण राजनीतिमा आएको माओवादीको एउटा ठूलो हिस्साले ४ पटक सरकारको नेतृत्व गर्नुका साथै पटक-पटक सरकारमा रहेपनि शान्ति प्रक्रियालाई पूर्णता नदिएको भन्दै माओवादी भित्रै असन्तुष्टि व्यक्त हुदै आएखो छ ।





