राजेन्द्र पाण्डेद्वारा बागमती प्रदेशको मुख्यमन्त्री पद त्याग

आफूले प्रतिनिधि सभा सदस्य निर्वाचित भएर सोको पद तथा गोपनियतका सपथ ग्रहण गरेको भन्दै बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज उक्त प्रदेशको मुख्यमन्त्री पदबाट प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजिनामा दिनु भएको छ । प्रदेश प्रमुख शर्माले उहाँको राजिनामा स्वीकृत गर्दै बागमती प्रदेशको नयाँ सरकार नबनेसम्म काम चलाउन सरकारको हैसियतमा कार्य गर्न आग्रह गर्नु भएको छ ।

यता बागमती प्रदेश सभाको पहिलो बैठक बसेपछि मात्रै नयाँ बागमती प्रदेश सरकार बन्ने सञ्चारकर्मीहरुलाई बताउनुभयो । आज हेटौंडामा बसेको बागमती प्रदेशको सर्वदलीय बैठकले यही पुस १४ गते बागमती प्रदेश सभाका जेष्ठ सदस्य रामप्रसाद ढुंगानाबाट सो प्रदेश सभामा नवनिर्वाचित सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउने र जेष्ठ सदस्य ढुंगानाले पुस १३ गते दिनको २ बजे सोही प्रदेश प्रमुख शर्माबाट पद तथा गोपनियताको सपथ लिने निर्णय भएको मुख्यमन्त्री पाण्डेको भनाई छ । नुवाकोट क्षेत्र नं.२(क)बाट निर्वाचित नेकपा (माके)का नवनिर्वचित बागमती प्रदेश सभाका जेष्ठ सदस्य ढुंगानाले बागमती प्रदेश सभाको सभामुख चयन नहुदासम्म सभामुखको जिम्मेवारी निर्वाह गर्नु हुनेछ ।

Leave a Reply