राष्ट्रपति पौडेलद्वारा मिटरव्याज पीडित सम्बन्धी विधेयक प्रमाणिकरण

संघीय संंसदका दुबै सदनले पारित गरेको मिटरव्याज पीडित सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक आज राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले प्रमाणिकरण गरेसँगै यो विधेयक ऐनमा परिणत भएको छ । राजपत्रमा प्रकाशन भए लगत्तै यो कार्यान्वयनमा आउने छ ।

यो विधेयक राष्ट्रिय सभामा उत्पत्ति भएको थियो । सांसदहरु बीच छलफलल भए पश्चात राष्ट्रिय सभाले यसलाई पारित गरि प्रतिनिधि सभामा पठाएको थियो । सांसदहरु बीच छलफल भएर प्रतिनिधि सभाले संशोधन सहित यो विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाइएको थियो । सांसदहरुले पुन: छलफल गरि हिजो यसलाई राष्ट्रिय सभाको बैठकले सर्वसम्मतीले पारित गरेको थिथो । त्यस लगत्तै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यसमा हस्ताक्षर गरि यसलाई प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको बताइएको छ ।

गत मंसीरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पछि संघीय संसदका दुबै सदनबाट पारित भएर राष्ट्रपतिले प्रमाणिकरण गरेक‍ो यो नै पहिलो विधेयक हो ।

राष्ट्रपतिबाट मिटरव्याज सम्बन् विधेयक प्रमाणिकरण गरेपनि मिटरव्याज पीडितहरुको आन्द‍ोलन जारी

संघीय संसदका दुबै सदनले पारित गरेको मिटरव्याज सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक राष्ट्रपति पौडेलबाट प्रमाणिकरण भएपनि काठमाडौ्मा मिटरव्याज पीडितहरुको आन्द‍ोलन भने अझै जारी छ । मिटरव्याज सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक अगाडि बढाउदा आफूहरुसँग कुनै छलफल नभएको र राष्ट्रपतिले आज प्रमाणिकरण गरेेसँगै कानुन बनेपनि यसबाट मिटरव्याज पीडितहरुका समस्या समाधान हुन नसक्ने आन्दोलनरत मिटरव्याज पीडितहरुको भनाइ छ । सरकारले आफूहरुलाई धोका दिएकोले आफूहरुको माग सरकारले पूरा नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने उनीहरुको भनाइ छ ।

Leave a Reply