राष्ट्रिय सभा उपाध्यक्ष पदको मनोनयन आज,सत्ता गठबन्धन दलका साझा उम्मेद्वार उर्मिला अर्याल , विपक्षी गठबन्धनको निर्णय हुन बाकी

राष्ट्रिय सभा सदस्यको ४ वर्षे कार्यकाल सकिएकाले राष्ट्रिय सभाको उपाध्यक्ष पदबाट शशिकला दाहाल बिदा भएसँगै गत वर्षदेखि रिक्त रहेको राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचनको लागि आज दिउसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुने, अपरान्ह ४:१५ बजे उम्मेद्वारको नामावली प्रकाशन गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ भोलि बस्ने राष्ट्रिय सभाको बैठकबाट उक्त सभाको उपाध्यक्ष पदको लागि मत विभाजनबाट चुनाव हुने जनाइएको छ ।

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनले नेकपा (माके)की सांसद उर्मिला अर्याललाई साझा उम्मेद्वारको रुपमा अगाडि सारेको छ तर विपक्षी गठबन्धनले भने सो पदमा उम्मेद्वार उठाउने बारेमा निर्णय गरी नसकेको बताइएको छ । यसबारेमा आज आवश्यक निर्णय गर्ने नेपाली कांग्रेसका नेताहरुको भनाई छ ।

यस अघिकी राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहाल नेकपा (माके)को तर्फबाट निर्वाचित हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *