राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ राजनीतिक शक्तिको रुपमा उदाउने संकेत

आईतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मुस्ताङको मत परिणाम सार्वजनिक भएको छ भने केही निर्वाचन क्षेत्रको मतगणना जारी छ । मतगणनाको प्रारम्भिक मत परिणामले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ राजनीतिक शक्तिको रुपमा उदाउने संकेत गरेको छ । २ महिना अगाडि विधिवत रुपमा गठन भएको यो पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गर्न सक्ने अनुमान हुन थालेको छ । मतदाताहरुको पुराना राजनीतिक दलहरुप्रतिको वितृष्णाको प्रतिविम्व नै राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको कतिपय जानकारहरुको भनाई छ । यो पार्टीले मतगणना जारी रहेका ४ क्षेत्रमा प्रारम्भिक अग्रता हासिल गरेको छ भने अरु केही क्षेत्रमा पनि आफ्नो उपस्थित बलियो बनाउदै गएको देखिएको छ ।

Leave a Reply