रेशम चौधरी सहितका कैदीलाई रिहा गर्ने गरी सरकारद्वारा अध्यादेश जारी

नेपाल सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी सहितका कैदी बन्दीलाई रिहाई गर्नै गरी आईतबार अध्यादेश जारी गरेको छ । यसले नेता चौधरी सहित जेल जीवन बिताइरहेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)का नेता कार्यकर्ताहरुलाई समेत जेलबाट छुट्न बाटो खोल्न सक्ने बताइएको छ ।

टीकापुर घटनाको मुख्य दोषी मानी नेता चौधरीलाई जेलमा राखिएको छ तर नेता चौधरीले आफू माथि लागेको आरोप अस्वीकार गर्दै आउनुभएको छ ।

कैलाली क्षेत्र नं.१,२ र ३ बाट प्रतिनिधि सभामा ३ सीट जितेको तथा प्रदेश सभामा समेत प्रतिनिधित्व रहेको नागरिक उन्मुक्ति पार्टीले जेलमा रहेका नेता चौधरीको रिहाई भए सरकारमा सहभागी हुन सक्ने संकेत गरेपछि अध्यादेश ल्याएको कतिपय जानकारज्ञरु बताउछन् ।

Leave a Reply