ललितपुर २ बाट एमाले खोल्यो प्रतिनिधि सभा सदस्यमा विजयको खाता

आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत नेकपा (एमाले)ले प्रतिनिधि सभा सदस्यमा विजयको व जयको खाता खोलेको छ । सो क्षेत्रबाट नेकपा (एमाले) प्रेम महर्जन १५,०२५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका चुनावी प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका डा. सुदिन शाक्यले ८,८८६ , राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ८,६६६ सत्ता गठबन्धनका साझा उम्मेद्वार समेत रहनु भएका नेकपा ( एस)का कृष्णलाल महर्जनले ९,२६४ , राप्रपाका रघुबरराज यापाले ६,६४६ मत पाउनु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो निर्वाचनमा सो क्षेत्रबाट चौथो बनेका नेकपा (एस)का कृष्णलाल महर्जन २०५६ र २०७४ सालमा ललितपुर क्षेत्र नं.२ बाट नेकपा (एमाले)को तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । गत वर्षको भदौमा नेकपा (एमाले) विभाजन भई नेकपा (एस) बन्दा उहाँ नेकपा (एस)मा लाग्नुभएको थियो ।

Leave a Reply