लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीलाई विश्वासको मत प्राप्त

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले लुम्बिनी प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । लुम्बिनी प्रदेश सभाको बैठकमा सभामुख तुलाराम घर्तीले विश्वसको मत परिणाम घोषणा गर्दै मुख्यमन्त्री गिरीको पक्षमा ५७ र विपक्षमा २८ मत परेको बताउनुभयो । सत्ता गठबन्धन दलहरुको समर्थनमा नेकपा (एमाले)को तर्फबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका गिरीलाई नेकपा (एमाले)का २९ , नेकपा (माके)का ८, राप्रपाका ४, नाउपाका ४ , जसपाका ३, जनमत पार्टीका ३ , लोसपाका ३ , नेकपा (एस)का १ र १ स्वतन्त्र गरी ५७ मत प्राप्त भएको छ । गिरी मुख्यमन्त्री बन्दा नेकपा (एस)ले समर्थन नगरेको भएपनि मुख्यमन्त्रीलाई विश्वासको मत भने दिएको जनाइएको छ । मुख्यमन्त्री गिरीको विपक्षमामा भने नेपाली कांग्रेसका २७ र राष्ट्रिय जनमोर्चाका १ गरी २८ जना प्रदेश सभा सदस्यले विपक्षमा मतदान गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *