विप्लव नेतृत्वको नेकपाको ९औं महाधिवेशन सम्पन्न , महासचिवमा विप्लव पुन: निर्वाचित

यही असोज २५ गते कपिलबस्तुको शिवगढीमा उद्घाटन भएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको ९औं महाधिवेशन विप्लवलाई महासचिवमा पुन: निर्वाचित गर्दै सम्पन्न भएको बताइएको छ । उद्घाटन समारोहमा महासचिव विप्लवले ड्रोनबाट झण्डोतलन गरेको जनाइएको छ । राजनीतिक दस्तावेजहरु छलफल गरी पारित गरेको उक्त महाधिवेशनले एकीकृत जनक्रान्तिको कार्यक्रमलाई पुन: निरन्तरता दिई त्यसलाई उचाई पु-याउने निर्णय गरेको जानकारी प्राप्त भएको छ । महाधिवेशनले विप्लवको नेतृत्वमा केन्द्रीय समिति चयन गरेको र त्यस केन्द्रीय समितिमा ८१ जना पूर्ण तथा ४५ जना वैकल्पिक सदस्य चयन भएका सो पार्टीले जनाएको छ ।

Leave a Reply