वी.पी. कोइरालाको १०९ जन्मजयन्ती मनाइयो

नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री वी.पी. कोइरालाको १०९ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । उहाँको १०९औं जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस (वी.पी.)ले आज चियापान कार्यक्रम आयोजना गरेको सोही पार्टीका केन्द्रीय सह-अध्यक्ष गोविन्दप्रसाद शर्माको भनाई छ ।

यसैगरी नेपाली कांग्रेस र ऊ सम्बद्ध संघ/संस्थाले प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई स्मरण गरेको बताइएको छ ।

आफू राजनीतिमा प्रजातान्त्रिक समाजवादी र साहित्यमा अराजकतावादी हुँ भन्ने वी.पी. कोइरालाले राजनीतिमा जुन उचाई हासिल गर्नु भयो , त्यत्तिकै उचाई नेपाली साहित्यमा पनि हासिल गर्नु भएको जानकारहरु बताउछन् । राजनीतिमा वी.पी.कोइराला र नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाको नामले परिचित उहाँका आधा दर्जन उपन्यास, २ वटा कथा संग्रह तथा फुटकर कथा र कविता प्रकाशित छन् । उहाँको जीवनमा विभिन्न उतारचढाव आएको देखिन्छ ।

Leave a Reply